६ दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने ३ अर्बभन्दा कम

विज्ञापन
ncell

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ । पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज भने सामान्य अंक बढेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक ९.२४ अंक बढेर २५२२.६६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ । 

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ६४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज २ अर्ब ९० करोड ६९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।  आज माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ७.१५ प्रतिशत बढेको छ । त्यस्तै, एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ । कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक ८.४८ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १३ करोड ८२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको साढे १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

१३ उपसमूहमध्ये १२ वटाको सूचक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह घटेको छ।

मंगलबार कारोबारमा आएकामध्ये १८१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।