सेयर बजार लगातार ओरालो, कारोबार रकम ४ अर्ब १५ करोडमा सीमित
नेप्से ११.०५ अंकले घटेर २६२५.०५ बिन्दुमा खुम्चिएको छ ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.०५ अंकले घटेर २६२५.०५ बिन्दुमा खुम्चिएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा कुल ४ अर्ब १५ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार भने नेप्सेमा कुल ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज मूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको एभरेष्ट कलरको सेयरमूल्य सर्वाधिक ८.६३ प्रतिशत घटेको छ । त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड २४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको करिब साढे १८ करोड रुपैयाँको सेयर किनबेच भएको ।
बुधबार कारोबारमा आएकामध्ये ७० कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।