सानिमा माई हाइड्रोपावरले १५ प्रतिशत लाभांश दिने
प्रस्तावित कुल १५ प्रतिशत लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ ।
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले सेयरधनीहरूलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित कुल १५ प्रतिशत लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ ।
प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति र आर्थिक वर्ष २०८२/८३ का लागि बस्ने कम्पनीको १५औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात् मात्र सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।