शुक्रबार ह्रवात्तै घट्यो सुनचाँदीको मूल्य, सुन तोलामै साढे १२ हजार बढीको गिरावट

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले आज पनि निरन्तरता पाएको हो ।

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले आज पनि निरन्तरता पाएको हो । बिहीबार प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने तोलामा १२ हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ ।  बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला तीन हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार एक सय १० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय २५ रूपैयाँ घटेको हो ।