राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा
साथै, वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेताको जिम्मेवारी दिनुपर्ने प्रस्ताव पनि अघि सारेका छन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । साथै, वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेताको जिम्मेवारी दिनुपर्ने प्रस्ताव पनि अघि सारेका छन् ।
शाहीले लिङ्देनसहित पार्टीका अन्य शीर्ष नेताहरूलाई सक्रिय नेतृत्वबाट अभिभावकीय भूमिकामा रहन आग्रह गरेका छन् । राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।