सुन तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ?
आज सुनको मूल्य तोलाको २ हजार ८ सयले घटेर तोलाको २ लाख ४२ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ । आज सुनको मूल्य तोलाको २ हजार ८ सयले घटेर तोलाको २ लाख ४२ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।