मोदीले गरे बालेन शाहको प्रशंसा, भने- नेपालको भविष्यबारे स्पष्ट भिजन पाएँ

नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले प्रधानमन्त्री शाहको स्पष्ट सोच र प्रतिबद्धताले आफू प्रभावित भएको बताए । ‘नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका विषयमा उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता मैले महसुस गरेको छु,’ मोदीले भने ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहको नेतृत्व क्षमता र प्रतिबद्धताको प्रशंसा गरेका छन् । उनले शाहसँगको भेट तथा छलफलबाट नेपालको भविष्य र नेपाल–भारत सम्बन्धप्रति उनको स्पष्ट दृष्टिकोण र दृढ प्रतिबद्धता आफूले महसुस गरेको बताएका हुन् ।

नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले प्रधानमन्त्री शाहको स्पष्ट सोच र प्रतिबद्धताले आफू प्रभावित भएको बताए । ‘नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका विषयमा उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता मैले महसुस गरेको छु,’ मोदीले भने ।

उनले नेपाली जनताले दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आकांक्षा र अपेक्षालाई प्रतिबिम्बित गरेको पनि उल्लेख गरे । भारत सधैँ सशक्त र समृद्ध नेपालको विकास यात्रामा साझेदार रहँदै आएको भन्दै मोदीले आगामी दिनमा पनि नेपालसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।