नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी सार्वजनिक, मूल्य ४ लाख ५९ हजार
दैनिक यात्राका लागि अर्बन मोड, रोमाञ्चक प्रदर्शनका लागि स्पोर्ट मोड तथा ट्र्याक्सन कन्ट्रोल सिस्टमको सहायताले चल्ने रेन मोड उपलब्ध छन् ।
काठमाडौं । टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे ट्रयाक एक्सपेरियन्स कार्यक्रममार्फत नेपाली बजारमा नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल सार्वजनिक गरेको छ ।
मोटरसाइकलको अनावरण टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्स प्रालिका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा गरे । अनावरणपछि मञ्चबाट बोल्दै टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले अपाचे २०० ४भी यूएसडीको प्रमुख विशेषता यसको रिफाइन्ड इन्जिन र सहज प्रदर्शन भएको बताए ।
उनका अनुसार यसमा एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल–च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम जस्ता प्रविधि समावेश गरिएका छन्, जसले राइडरलाई सुरक्षित र आधुनिक राइडिङ अनुभव दिन्छन् ।
नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडीमा प्रदर्शन, सुरक्षा र प्रविधिको सन्तुलित संयोजन रहेको छ । राइडरले आवश्यकता र सडकको अवस्थाअनुसार अर्बन, स्पोर्ट र रेन गरी तीन राइड मोड छनोट गर्न सक्नेछन् । दैनिक यात्राका लागि अर्बन मोड, रोमाञ्चक प्रदर्शनका लागि स्पोर्ट मोड तथा ट्र्याक्सन कन्ट्रोल सिस्टमको सहायताले चल्ने रेन मोड उपलब्ध छन् । ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध यो मोटरसाइकलको नेपाली बजारमा मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ र यो देशभरका टीभीएस शोरुममा उपलब्ध छ ।