सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले घटेर तोलाको ५ हजार २८५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५ हजार ३७० मा कारोबार भएको थियो ।