सुनचाँदीको मूल्यमा गिरावट: सुन तोलामा २ हजार १ सय र चाँदी ५५ रुपैयाँले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको २ हजार १ सयले घटेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको २ हजार १ सयले घटेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ५ हजार २३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५ हजार २८५ मा कारोबार भएको थियो ।