सातामै बढ्यो सुनको मूल्य प्रतितोला साढे १८ हजार, के ले प्रभाव पार्यो ?
नेपालमा सुन तथा चाँदीजस्ता बहुमुल्य धातुको मूल्यलाई अन्तर्राष्ट्रिय मूल्य, अमेरिकी डलरको सटही मूल्य तथा नेपालमा लाग्ने भन्सार लगायत अन्य करले प्रभाव पार्दछ ।
काठमाडौं । सरकारले बजेटमार्फत भन्सार दरमा उच्च बृद्धिपछि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट सार्वजनिक गर्दै भन्सार दरमा उच्च बृद्धि गरेका थिए । जसका कारण सुनको मूल्य भारी बृद्धि भएको हो । बजेटले सुन र चाँदीको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएका कारण मूल्य समायोजन गर्दा एकैदिन प्रतितोला २० हजार ५०० सय रुपैयाँले बढ्न पुगेको हो । यसपी सरकारले सुनमा लगाइऐा २ प्रतिशत विलासी कर हटाएर राहत दिएको थियो । तर, बजेटले उपभोक्तालाई ०.५० प्रतिशत सिप प्रवर्द्धन शुल्क लगाएर थप महङ्गो पर्ने परिस्थिति बनाइएको छ ।
बजेट घोषणा भएको दिन जेठ १५ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँ थियो । तर, बजेट घोषणापछि गत आईतबार खुलेको बजारमा सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँमा किनबेच हुन पुग्यो ।
तर, त्यसपछि भने सुनको मूल्य दैनिक उतारचढाव देखिन थाल्यो र साताको अन्तिम जेठ २२ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य १८ हजार ४०० रुपैयाँले वृद्धि भएको छ । जेठ १८ गते सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घट्यो भने जेठ १९ गते मंगलबार ४०० रुपैयाँले बढ्यो । त्यस्तै, जेठ २० गते बुधबार स्थिर देखिएको सुनको मूल्य बिहीबार २०० रुपैयाँ घट्न पुग्यो । फेरी जेठ २२ गते शुक्रबार २ हजार १०० रुपैँयाले सुनको मूल्य घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । औसतमा भन्सारका कारण साताको पहिलो दिन उच्च मूल्य बृद्धि भएको सुनको मूल्य साताभर अधिक दिन घट्न पुग्दा केही राहत मिलेको देखिन्छ ।
व्यवसायीहरु भने नेपालमा भन्सार दर बृद्धिसँगै अन्तराष्ट्रिय रुपमा भएको मूल्यवृद्धि, अमेरिका-इजरायल द्वन्द्वलगायतका कारण सुनको मूल्य बढेको बताउँछन् । नेपालले भन्सार दर बढाउनु अघि छिमेकी मुलुक भारतले पनि सुनको मूल्यमा उच्च भन्सार दर लगाएको थियो । जसले गर्दा सुनको अवैध कारोबार फस्टाउने आंकलन गरिएको थियो । नेपालमा सुन तथा चाँदीजस्ता बहुमुल्य धातुको मूल्यलाई अन्तर्राष्ट्रिय मूल्य, अमेरिकी डलरको सटही मूल्य तथा नेपालमा लाग्ने भन्सार लगायत अन्य करले प्रभाव पार्दछ ।