प्रचण्ड र माधवकुमार नेपालबीच भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

आइतबार माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न नेकपा एसका अध्यक्ष नेपाल खुमलटारस्थित निवास पुगेका हुन् । भेटमा उनीहरूबीच पछिल्लो विकसित 

राजनीतिक घटनाक्रम, वामपन्थी ध्रुवीकरणलगायतका विषयमा छलफल भएको थियो । 

नेकपा एसका स्थायी समिति सदस्य आलोक रायमाझीले प्रचण्ड र नेपालबीचको भेटमा वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा, कम्युनिस्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तर्राष्ट्रिय तहमा शक्ति राष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव तथा सरकारको कार्यशैलीबारे छलफल भएको बताए ।

उनीहरूबीच माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भएका सहकार्य तथा एकताको सम्भावना, सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा समेत छलफल भएको थियो ।