सुनको मूल्य स्थिर, चाँदीको तोलामा १० रुपैयाँ बढ्यो
साउन २२ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार पनि नेपाली बजारमा सुन यही मूल्यमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। बुधबार तोलाको २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ।