सामलिङ्ग पावरको विद्युत् बिक्री आम्दानी घट्यो
सामलिङ्ग पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
गत आर्थिक वर्ष कम्पनीले २२ करोड ५८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.३० प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५ करोड १८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ८८ लाख रुपैयाँ नाफामा पुगेको छ । विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो ।
५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ३ करोड ९२ लाख रुपैयाँ सञ्चित छ । गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८४ पैसा रहेको छ ।