११ उपसमूह राताम्मे, नेप्से परिसूचक ८.१४ अंकले ओरालो
आज नेप्से परिसूचक ८.१४ अंक घटेर २७२८.०३ विन्दुमा झरेको छ । आज ३५० स्टकको ५८ हजार ३९१ पटकको कारोबारमा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँबराबरको ९२ लाख ३१ हजार कित्ता सेयर कारोबार भएको छ ।
काठमाडौँ । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ । बुधबार सामान्य अंक सकारात्मक भएर बन्द भएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पुनः घटेर बन्द भएको हो ।
आज नेप्से परिसूचक ८.१४ अंक घटेर २७२८.०३ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक घटेको छ ।
१३ उपसमूहमध्ये दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशत घटेको छ । त्यस्तै, व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
आज ३५० स्टकको ५८ हजार ३९१ पटकको कारोबारमा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँबराबरको ९२ लाख ३१ हजार कित्ता सेयर कारोबार भएको छ । बुधबार भने ४ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबारमा आएको सप्ताकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक १३.५१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा सिटि होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ६३ लाख ४३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको साढे १७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
बिहिबार कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।