सम्पदा लघुवित्तले ४.२१ प्रतिशत लाभांश बाँड्ने

सोमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश रहेको छ ।

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश रहेको छ ।

मंसिर २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ ।