प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महालक्ष्मी विकास बैंकद्वारा ५१ लाख रुपैयाँ सहयोग

विज्ञापन
ncell

काठमाडौं । महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंक र कार्यरत कर्मचारीहरुको तर्फबाट एक दिन बराबरको पारिश्रमिक समेत गरी कुल ५१ लाख सहयोग गरिएको हो ।

उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरुमा अकल्पनिय र अत्याधिक मात्रामा जनधनको क्षेती पुगेको छ ।