नीतिगत सुधारको अपेक्षामा बढ्यो बजार, कारोबार रकममा पनि बृद्धि
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै मल्टीपर्पज फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से), आज भने बढेर बन्द भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारमा देखिएको कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएसँगै आज बजार बडेको हो ।
शुक्रबार नेप्से परिसूचक २७.९४ अंक बढेर २५५९.४९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.९८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंक बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ४ अर्ब ९ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ३६ करोड १ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १०.५३ प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्तका लगानीकर्ताले १०.०९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९.५४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मल्टीपर्पज फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले गुमाएका हुन् ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३६ करोड ६६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक न सर्वाधिक १.८३ प्रतिशत बढेको छ । त्यस्तै, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
शुक्रबार कारोबारमा आएकामध्ये २३७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
