प्रधानमन्त्रीसँग छलफल गरेर बाहिरिँदा बैंकिङ कसुरको आरोपमा पक्राउ परे पालिका अध्यक्ष
बैंकिङ कसुरको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । सोमबार सिंहदरबारबाट उनी पक्राउ परेका हुन् ।
प्रधानमन्त्री बालेन शाहले बोलाएको छलफलमा सहभागी भएर निस्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । बैठकमा सहभागी रसुवाको आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले उनलाई प्रहरीले लिएको गएको बताए । बैंकिङ कसुरको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
सोमबार रसुवालगायत बाढीप्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग बालेनले छलफल गरेका थिए । सोही छलफलमा तामाङ पनि सहभागी थिए ।
