रिलायन्स स्पिनिङ मिल्सद्वारा ३०% लाभांश घोषणा

विज्ञापन
ncell

बैठकले उक्त आवका वित्तीय विवरण पारित गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको हो ।

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले उक्त आवका वित्तीय विवरण पारित गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागित जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।