बजेटबारे थप प्रष्ट पार्न अर्थमन्त्री वाग्लेले आज पत्रकार सम्मेलन गर्दै
अर्थमन्त्री डा. वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३र८४ को बजेटका सन्दर्भमा थप जानकारी दिन आज अपराहन्न ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३-८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका छन् । अर्थमन्त्री डा. वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटका सन्दर्भमा थप जानकारी दिन आज अपराहन्न ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
शुक्रबार अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए । यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत विनियोजन गरिएको छ ।