सुनचाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले वृद्धि भई ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रतितोला ५ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।