सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सुनको मुल्य सोहि मुल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ५ हजार ३७० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५ हजार ४०५ मा कारोबार भएको थियो ।