कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण : ३ अर्ब २० करोड बिगो दाबी गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर, १०३ फरार
काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा १०९ जनाविरुद्ध ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासमा मुद्दा दायर गरेको छ ।
सरकारी वकिलको कार्यालयले ३ अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपैयाँ बिगो माग गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । १०९ जनाविरुद्ध मुद्दा दायर गरेकोमा ४ जना पक्राउ गरेका छन् भने २ जनाको मृत्यु भइसकेको छ । १०३ जना अझै फरार छन् ।
पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–३ स्थायी घर भइ हाल जिल्ला बाँके नेपालगञ्ज उप महानगरपालिका–२० बस्ने ६५ वर्षका कर्णाली डेभलपमेण्ट बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय छन् ।
यस्तै बाँके खजुरा गाउँपालिका वडा– १ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–१९ बस्ने ४० वर्षका कर्णाली डेभलपमेण्ट बैंकका तत्कालीन प्रमुख वित्त अधिकृत बेदप्रकाश सिंह ठकुरी रहेका छन् ।
यस्तै बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–४ स्थायी घर भएका कर्णाली डेभलपमेण्ट बैंकका तत्कालिन संचालक समितिका अध्यक्ष ६५ वर्षका पशुपति दयाल मिश्र र सुनसरी जिल्ला महेन्द्रनगर(३ स्थायी हाल काठमाडौ टोखा नगरपालिका–१० आदर्श कोलनीमा बस्ने ६१ वर्षका भुवन बस्नेत पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०ले बैंकका पूर्व अध्यक्ष, पूर्वसीईओ, सञ्चालक, कर्मचारी सहितको मिलेमतोमा उक्त घोटाला भएको निष्कर्ष निकालेको छ । ब्यूरोले साउन ८ गते जिल्ला सरकारी वकिल बाँकेमा बुझाएको थियो ।