सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन १९ गते, सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य सामान्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला सय रुपैयाँ बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आइतबार यस्तो सुन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी भने तोलाका २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी तोलाको २ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।