सेवा आयातमा प्रतिपटक ८ हजार अमेरिकी डलर सटही सुविधा

यसअघि, पाँचहजार अमेरिकी डलर बराबरको परिवत्र्य विदेशी मुद्रा सटही गर्न पाइने व्यवस्था थियो ।

काठमाडौं । अबदेखि सेवा आयातका लागि प्रतिपटक आठहजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी परिपत्र जारी गरेको हो ।

यसअघि, पाँचहजार अमेरिकी डलर बराबरको परिवत्र्य विदेशी मुद्रा सटही गर्न पाइने व्यवस्था थियो ।

नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले प्रतिपटक अमेरिकी डलर आठहजारभन्दा बढीको विदेशी विनिमयमा दायित्व सिर्जना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नुपरेमा वा सेवाबापत्‌को भुक्तानी गर्नुपर्ने भएमा आफ्नो नियामक निकायबाट स्वीकृति वा सिफारिस लिनुपर्ने व्यवस्था गरिएको छ ।

सिफारिस गर्ने नियामक निकायले सो सेवा आयातको भुक्तानी पठाउने रकम आवश्यकता र औचित्यको आधारमा यकिन गरी विद्यमान व्यवस्थाबमोजिम सटही सुविधा उपलब्ध गराउन सिफारिस गर्नुपर्नेछ ।