चालु कर खर्च अत्यधिक बढेसँगै नाफामा उच्च गिरावट, प्रतिसेयर आम्दानी १४.८२ रुपैयाँमा सीमित

अघिल्लो वर्ष ३४ रुपैयाँ ६४ पैसा रहेको टेलिकमको प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ ८२ पैसामा सीमित भएको छ । गत वर्षसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा छ ।

नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्षमा २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको टेलिकमको गत वर्ष चालु कर खर्च अत्यधिक बढेसँगै नाफामा उच्च गिरावट झेलेको हो । अघिल्लो वर्ष चालु कर खर्च ११ करोड रुपैयाँबाट छुट्याएको टेलिकमको चालु खर्च गत वर्ष भने उच्च रुपमा बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

नफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ३४ रुपैयाँ ६४ पैसा रहेको टेलिकमको प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ ८२ पैसामा सीमित भएको छ । गत वर्षसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा छ ।

नेपाल टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी पनि अघिल्लो वर्षको तुलनामा केही घटेको छ । अघिल्लो वर्ष ३४ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको टेलिकमको गत वर्ष भने ४ अर्ब ५३ करोड रुपैयाँ मात्र आम्दानी गरेको छ । समीक्षा अवधिमा टेलिकमको वित्तीय आम्दानी भने ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कुल आम्दानी पनि ४२ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३८ अर्ब ७३ करोड रुपौयाँमा झरेको छ ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा भने ७१ अर्ब १५ करोड रुपैयाँ छ ।