भोलि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् ।

बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने जानकारी गराए ।

‘भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले पनि संसदम आएर सम्बोधन गर्ने भन्ने जानकारी गराउनुभएको छ,’ पाण्डेले भने ।

यसअघि भदाै ४ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर कार्यक्रम राखिएकाेमा उहाँकाे अस्वस्थताका कारण स्थगित भएकाे थियाे ।