नेप्से १३.४६ अंकले घट्यो, ४ अर्ब ७० करोडको किनबेच

बिहीबार नेप्से १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा खुम्चिएको छ । आज नेप्सेमा कुल ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पहिल्लो दुई कारोबार दिन बढेर बन्द भएको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) आज भने घटेर बन्द भएको हो । बिहीबार नेप्से १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा खुम्चिएको छ ।  त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.६७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंक घटेको छ ।

आज नेप्से सँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा कुल ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार भने नेप्सेमा कुल ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

आज पनि कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, न्यादी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को मूल्य सर्वाधिक १०.४८ प्रतिशत घटेको छ । अन्य स्टकहरुको मूल्य गिरावटदर भने ५ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा आज एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्र शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३४ करोड १ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनी ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

बिहीबार कारोबारमा आएकामध्ये ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।