प्रि ओपन सेसनमा कतिमा भयो एपोलो हाइड्रोपावरको पहिलो कारोबार?
आज कम्पनीको सेयर प्रतिकित्ता २९९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो ।
काठमाडौं । स्पेशल प्रि ओसन सेसनमा एपोलो हाइड्रोपावर को सेयरको पहिलो कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता २९९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो । कम्पनीको कुल ४७ लाख कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत भएको थियो । यस अनुसार हिजो मंगलबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनुपर्ने थियो । तर हिजो कारोबार म्याचिङ्ग नभएका कारण कारोबार हुन नसक्दा आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । अब कम्पनीको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ ।