नेप्सेद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार रुपैयाँ सहयोग
नेप्सेका तर्फबाट १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेप्सेले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।
नेप्सेका तर्फबाट १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।
