नेपाल–भारत दुईपक्षीय वार्ता सकियो, पत्रकार सम्मेलन सुरु

अहिले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे जानकारी गराउन लागिएको छ ।

नयाँदिल्ली । नेपाल–भारतबीच नयाँ दिल्लीमा भएको दुई पक्षीय वार्ता सकिएको छ । अहिले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे जानकारी गराउन लागिएको छ । यसअघि आजै प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।

सो भेटवार्तापछि दुई देशको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको हो । वार्तामा भएका छलफल तथा निष्कर्षबारे भने केही सार्वजनिक गरिएको छैन।