प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल– नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई एकतर्फीबाट द्विपक्षीय बनाउन दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको उनले जानकारी दिए ।
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भारत भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई एकतर्फीबाट द्विपक्षीय बनाउन दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको उनले जानकारी दिए । हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको उक्त हवाई रुटलाई दुवैतर्फ सञ्चालन गर्ने विषयमा भएको छलफललाई मन्त्री खनालले ऐतिहासिक ‘ब्रेकथ्रु’का रूपमा व्याख्या गरे । यससम्बन्धी कार्यविधि र प्राविधिक पक्षलाई अन्तिम रूप दिन दुई देशका प्राविधिक टोलीबीच परामर्श गरिने सहमति भएको छ ।
परराष्ट्रमन्त्री खनाले पनि भ्रमणदलमा सहभागी थिए ।