एकै दिन सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

आज सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदी ३०५ रुपैयाँले बढेको हो ।

काठमाडौँ । आईतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ । आज सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदी ३०५ रुपैयाँले बढेको हो । सरकारले शुक्रबार बजेट भाषणमार्फत सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरेको थियो । यसपछि आज सुनको भाउ बढेको हो ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।