रस्साकस्सी बीच नेप्से २९१७ बाट ‘वाउन्सव्याक’ समायोजित मुल्यले घटेर बन्द
साताको दोस्रो दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । तर, पछिल्लो १५ मिनेट औसत मुल्यलाई अन्तिम कारोबार मान्ने नेप्सेको व्यवस्थाका कारण दिनभर जसो घट्ने ट्रेन्ड समाएको सूचक समायोजित मुल्यपछि घटेकै चरणमा बन्द भएको हो ।
आइतबार १८.४४ अंकले घटेको बजार सोमबार पनि सुरुमा सामान्य बढेजस्तो देखिएपनि उच्च दरमा घट्ने ट्रेन्ड समाएको थियो । १२ बजेर ३८ मिनेटतिर २९१७.५१ अंकसम्म झरेक नेप्से त्यसपछि भने सम्हालिँदै अघि बढ्यो र अन्तिम समयमा आइतबारको तुलनामा १२.१३ अंकले बढेर २९७६.३३ अंकमा रोकियो । तर, समायोजित मुल्यपछि २.०७ अंकले घट्दै २९६२.१३ अंकमा रोकिएको छ । सोमबार अन्तिम समयमा १ सय २२ कम्पनीहरुको मुल्य बढेपनि समायोजित मुल्यपछि भने ९४ कम्पनीको मात्रै बढेको छ । तथापीसमता लघुवित्त वित्तीय संस्था, सान्भी इनर्जी र टे«ड टावरको सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
सामान्य घटेको बजारमा १ सय ५६ कम्पनी मुल्य घटेको छ र सबै भन्दा बढी मुल्य घट्नेमा भूगोल हाइडोपावर डेभलपमेन्ट कम्पनी ८.४९ प्रतिशत छ । निरन्तर ८ दिन बढेको सेयर बजार आइतबार एकाएक घट्दा धेरैले ठूलो करेक्सन आउने अपेक्षा गरेका थिए । धेरैले घट्दो ट्रेन्डलाई खरिद गर्ने अवसरका रुपमा पनि व्याख्या गरेका थिए । नभन्दै बजार तिब्र प्रतिस्पर्धाबीच खरिदको अवसर दिएर माथि उचालियो । यसलाई सेयर बजारका ललगानीकर्ताहरुले ४ वर्षअघिको उच्च विन्दू ३१९८ लाई पार गर्ने संकेतका रुपमा लिएका छन् ।
आइतबार विगत ११ महिनाकै उच्च कारोबार २६ अर्व ५७ करोड रुपैयाँको सेयर खरिद विक्री भएको सोमबार भने केही संकुचित हुँदै १९ अर्व ३६ करोड पुगेको छ ।