सातामा ३ दिन घट्यो नेप्से, दुई दिनमा ८० अंक घटेर २९२२ मा रोकियो
समायोजन अघि ३८.४० अंकले नेप्से घटेर २९१५.७३ मा रोकिएको थियो ।
लगातार बढिरहेको सेयर बजार सूचक यो साता ३ दिन घट्न पुगेको छ । गत मंगलबार २०८१ साउन ३१ को उच्च अंक ३०००.८१ अंकलाई पारे गरेसँगै बुधबार र बिहीबार उच्च अंकले घटेको हो । गत साता २०८२.६४ अंकमा रोकिएको नेप्से यो साता २९२२.६३ मा झरेको छ । त्यसो त गत मंगलबार ३००२.०७ अंकमा कारोबारमा रोकिएको थियो । त्यसदिन नेप्से ३०२८.७९ अंकमा उक्लिएको थियो ।
बुधबार औसत मूल्य समायोजनपछि ४७.९३ अंकले नेप्से घट्न पुग्यो भने बिहीबार ३१.५० अंकले घटेर २९२२.६३ अंकमा रोकिएको छ । त्यसो त समायोजन अघि ३८.४० अंकले नेप्से घटेर २९१५.७३ मा रोकिएको थियो ।
बिहीबार कारोबार रकम १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँमा खुम्चिएको छ । बुधबार १६ अर्ब ५२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । उच्च अंकले नेप्सेमा गिरावट आउँदा पनि ५२ कम्पनीको मूल्य भने बढेको छ । त्यसमध्ये ट्रेड टावर, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको ९.८६ प्रतिशतमाथि कारोबार भएको छ । मूल्य घट्ने कम्पनीमध्ये सबैभन्दा धेरै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ७.१ प्रतिशत छ ।