नेप्से बढ्यो, कारोबार रकम पनि बढ्यो

१३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

निरन्तरको गिरावटपछि साताको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । 

निरन्तर कारोबार रकम घट्दै बुधबार ७ अर्व ६३ करोड १३ लाख रुपैयाँमा खुम्चिएको थियो । बिहीबार भने ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । गत साउन ११ गते कारोबार रकम ११ महिनाकै उच्च हुँदै १६ अर्ब नाघेको थियो । 

त्यस्तै नेप्से सूचक पनि झण्डै ४ वर्षकै उच्च हुँदै साउन १३ गते ३००२.०७ सम्म पुगेको थियो । त्यसपछि निरन्तर घटिरहेको नेप्से र कारोबार रकम विहीबार पुनः सुधार देखिएको होे । बिहीबार १५ मिनेटको औसत कारोबार मूल्य समायोजनपछि नेप्से १८.३० अंकले बढ्दै २८५०.३७ अंकमा अडिएको छ ।  

यस दिन सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाय सुरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३९ करोड १ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बाँकी अरु उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ।