बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विज्ञापन
ncell

कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनीले यस चरणमा ८ करोड ६३ लाख २० हजार रुपैयाँबराबरको सेयर बिक्रीमा ल्याएको छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले कुल २० लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यो कम्पनीको जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत हो । त्यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख ४० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता, कम्पनीका कर्मचारीका लागि २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता छुट्याइएको थियो। यी समूहमा सेयर निष्कासन तथा बाँडफाँट सम्पन्न भएपछि बाँकी रहेको ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

आईपीओमा आवेदन दिन लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सी-आस्बा प्रणाली प्रयोग गर्न सक्नेछन् । साथै, ‘मेरोसेयर’मार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ ।आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।