आधाभन्दा धेरैले सेयर पाए हिमालयन बैंकको एफपीओ
काठमाडौं । हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) बाँडफाँट भएको छ । कमलादीस्थित बैंकको भवनमा एफपीओ बाँडफाँट गरिएको हो । असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्कासन भएको थियो ।
एफपीओमा कुल १८ लाख २५ हजार ९ सय २२ जनाले आवेदन दिएका थिए । यीमध्ये १ लाख २१ हजार ६४९ को आवेदन अस्वीकृत भएको छ । स्वीकृत आवेदन १७ लाख ४ हजार २ सय ७३ थियो ।