नेप्से घटेर २७६१ अंकमा, कारोबार भने बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.१४ अंक घटेको छ । सो गिरावटसँगै २७६१ अंकमा कायम भएको छ । सेन्सिटिभ र फ्लोट सूचक पनि झरेका छन् ।
बजार घट्दा कारोबार रकम बढेको छ । ५८ कम्पनीको मूल्य बढ्दा १९१ को घटेको छ ।
कम्पनी सूचीकृत सबै समूहका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै १.६४ प्रतिशत घट्यो । अन्य १.३४, निर्जीवन बिमा ०.६८, माइक्रोफाइनान्स १.३१, उत्पादन तथा प्रशोधन १.००, जीवन बीमा ०.७१, लगानी ०.८३, हाइड्रोपावर ०.७७, होटल तथा पर्यटन ०.२१, फाइनान्स ०.९३, विकास बैंक ०.५१ तथा बैंकिङ १.०३ प्रतिशत घटे ।
अपर स्याङ्गे हाइड्रोपावरको ६.२९, कालिका पावरको ५.९६, अपर हेवाखोलाको ५.७६, मनकामना इन्जिनियरिङको ४.७०, नेपाल रिपब्लिक मिडियाको ४.०१ प्रतिशत मूल्य बढ्यो ।
सम्पदा लघुवित्तको ७.०६, ट्रेड टावरको ५.८८, ग्रिन डेभलपमेन्ट बैंकको ४.७९, एनआईसी एसिया बैंकको ४.६५, सान्भी इनर्जीको ४.४२, महिला लघुवित्तको ४।.९ तथा स्वेतगंगा हाइड्रोपावरको ४.०१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बिमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिपब्लिक मिडिया, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
आज सर्वाधिक मूल्यम बढ्नेमा आरबीबी म्युचुअल फण्ड १ को इकाई मूल्य ७.९३ प्रतिशतले बढेको छ । त्यसैगरी, अपर स्याङ्गी हाइड्रोपावर कम्पनीको मूल्य ६.२९ प्रतिशतले बढेको छ भने कालिका पावर र अपर हेवा खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, आजको बजारमा सम्पदा लघुवित्तको सेयर मूल्य सर्वाधिक मूल्य ७।०६ प्रतिशतले घटेको छ भने ट्रेड टावर कम्पनीको सेयर मूल्य ५.८८ प्रतिशतले घटेर कारोबार भएको हो ।
कारोबार रकमका आधारमा यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५१ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३५ करोड ४५ लाख रुपैयाँ र नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार, अन्य, लघुवित्त, उत्पादन तथा प्रशोधन र बैंकिङको उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ । आइतबार कारोबार भएको आधारमा ४६ खर्ब १० अर्ब ९४ करोड रुपैयाँ बजार पुँजीकरण कायम भएको छ ।